’गायिका शितल शर्मा र प्रकाश पराजुली’को तीज गीत ‘शितलु’सार्वजनिक

0
228

नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीत धमाधम सार्वजनिक भइरहेका छन् । यही क्रममा गायिका शितल शर्मा र प्रकाश पराजुलीले पनि पृथक र फरक खालको तीज गीत ल्याएका छन् ।

नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीले आवाज दिएका छन् भने संगित प्रकाश पराजुलीको रहेको छ ।

‘बाबाले सारेको वर, मलाई पनि शितलु कहाँ छ र ?’ बोलको गीतको निर्देशन मौसम हिमालीले गरेका छन् ।

गीतमा शिभन पोखरेल, गरिमा शर्मा, नीरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रविन लामिछानेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शितल र प्रकाशले ल्याए तीज गीत ‘शितलु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here