गायिका शान्ता जी.सी र गायक तथा सर्जक प्रेम सापकोटा सोनुको (बाहिर कुरा नगरे सैले) तीज गीतको भिडियो सार्वजनिक|

0
277

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलाे उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनुको यो बर्षको लागी दोस्रो तीज गीत बाहिर कुरा नगरे सइले भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेम लगायका प्रेमी जोडीहरुको कथालाई प्रेमले गीतमा उतारेका छन । गीतमा सापकोटा आफैको लय तथा शब्द सिर्जना गरेका छन् भने उनलाई आवाजमा शान्ता जिसीले साथ दिएकी छन ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सापकोटाले भन्नु भयो “मेरो पहिलो गीतलाई पनि आलोचना सहित धेरै दर्शक स्रोताले मन पराइदिनु भएको छ यो गीतलाई पनि सबैले मन पराइदिनेमा आशावादी छु ।”

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्टले खिचेका हुन । गीतलाई अहिलेकी ब्यस्त निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गीतमा चक्र बम र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई प्रेमको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here