गायिका लक्ष्मी पुरी प्रधानको तीज गीत माईति र चेली (तीजको लहर) सार्वजनिक भिडियो

0
217

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजीकिंदै गर्दा नेपाली सांगीतिक बजारमा तीजका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका छन् भने कतिपय गीतहरु सार्वजनिक हुन बाँकी छन्।

यहि क्रममा गायिका लक्ष्मी पुरी प्रधानको पनि (तीजको लहर) बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतलाई गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेकी हुन।

उक्त गीतलाई गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने’ गीतमा संगीतकार डी बि लामाको संगीत रहेको छ। गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् साथै सुबाश लिम्बुले सम्पादन गरेका छन् ।

उक्त गीतको रेकर्डिङ कार्य सन् लाइट रेकर्डिङ गस्टुडियो बिर्तामोड झापामा भएको थियो। गीतलाई मिक्सिङ मास्टरिङ जोनी तामाङ योन्जनले गरेका हुन् । गीतले तीजमा चेलीहरु माईत जान पाउँदाको खुशीलाई समेटेको छ भन्छिन गायिका लक्ष्मी पुरी प्रधान।NEWS CHIRANJIVI BHANDARI |9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here