प्रहरी कार्यालयमा पत्रकारको भिड

0
99

तीन दिनअघि काठमाडौंको गोंगबुुमा भएको हत्याकाण्डबारे जानकारी दिन आज मंगलबार महानगरीय प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा लागेको भीड सामाजिक संजालमा आलोचना बनेको छ ।

गोंगबुको विभत्स हत्याका आरोपी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनपछि काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवाली भन्दै थिए- हैन यी युट्युबेहरुलाई कसले खबर गर्‍यो रु बिहान साढे १० बजे निर्धारित गरिएको पत्रकार सम्मेलनभन्दा आधा घण्टा अगाडि नै युट्युबरहरु टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेका थिए। कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि नै युट्युबरहरुले पत्रकार सम्मेलन गर्न आयोजित हल भरिभराउ भइसकेको थियो।

अनलाइन, टिभी, रेडियो र पत्रिकाका पत्रकारहरु कार्यक्रम भइरहँदा हलभन्दा बाहिरै थिए। कार्यक्रमपछि प्रहरी प्रमुख ज्ञवाली युट्युब च्यानलहरुलाई यस्ता कार्यक्रममा कसरी कम गर्न सकिन्छ भन्दै काठमाडौं प्रहरी परिसरकै अधिकारीहरुसँग छलफल गर्दै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here