गायक रुपक परियारको लोक दोहोरी गित “एक्लो वर” चर्चामा (हेर्नुहोस भिडियो सहित)

0
206

धादिङ धुनिबेशीका गायक रुपक परियारको नयाँ मौलिक लोक दोहोरी गित “एक्लो वर” सार्बजनिक भएको छ। स्वयं रुपक परियार को शब्द र अमृत खातीको लयमा तयार भएको उक्त गितमा रुपक परियार र स्मृती गौतमको सुमधुर आवाज रहेको छ।

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनय रहेको छ । निरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको भिडियो आइतबार सार्बजनिक भएको हो।

सार्बजनिक भएको छोटो समयमै दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाएको गायक परियारले जानकारी दिए छन । उनको “वर को बोट , नौबिसे बजार मा, मन भरी , माछी बल्छी मा , झुपडीको बास, खानिखोला छेउ , रातो सारी, चौतारीमा , यो तिज मा” , लगाएत थुप्रै चर्चित गितहरु बजारमा आइसकेका छन।|| मनोरंजनको लागी यो भिडियो पनि हेर्नुहोला ….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here