धनगढी –अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0
92

धनगढी – अत्तरिया निर्माणधिन ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा मोहनापुल नजिक दुर्घटना हुँदा खेम साँकिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार ६ लेन सडक गेटा मेडिकल जाने बाटो नजिकै दुर्घटना भएको र उक्त घटना राति नै घटेको हुन सक्ने बताए।

आज बिहान सडकबाट करिब २० देखि २२ मिटर तल मोटरसाइकल र सव फेला परेको प्रहरी नायव उपरिक्षक विष्टले बताए। निर्माणधिन माहेना पुल अतरिया सडकमा अहिले सम्म थुप्रै मानिसले सडक दुर्घटनामा ज्यान गुमाई सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here