एजेन्सी, तेलगु फिल्मका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा ह्दयघातका कारण आज (मंगलबार) बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा निधन भएको छ।
उनको निधनप्रति तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको भन्दै भारतीय नेता र कलाकालहरुले दुःख ब्यक्त गरेका छन् । आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले संवेदना ब्यक्त गर्दै तेलगु फिल्मका दिग्गज कलाकार अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।
जयप्रकाश रेड्डी पहिले शिक्षक थिए र उनलाई सानै उमेरमा अभिनयको सोख थियो । त्यसैले उनी गुंटुरमा स्टेज नाटक पनि खेल्थे । उनको पहिलो फिल्म ब्रह्म पुत्रुदु थियो ।
रेड्डीको निधनप्रति थुप्रै सुपरस्टारहरुले श्रद्धाञ्जली दिएका छन् । तेलुगु फिल्मकी स्टार अभिनेत्री रकुल प्रित सिंह, अभिनेता जुनियर एनटिआर, महेश बाबु, प्रकाश राज, रवि तेजा, काजल अग्रवाल, एसएस राजामौली, दग्गुबती वेंकटेश, राम पोथिनेनी, प्रणिता सुवास, रितेश देशमुख, लगायतले रेड्डीप्रति श्रद्धाञ्जली दिएका छन ।