मालपोत कार्यालयमा भीड गराउने दुई जना पक्राउ

0
27

मालपोत कार्यालय परिसरमा भीड गराउने दुई जना लेखापढीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागु गरेर सेवा दिन निर्देशन दिएपनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई पक्राउ गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर मालपोत कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेपनि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले पुष्टी गरे ।

पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी साझेदारी अन्तरगत मालपाेत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाइ नेपाल टेलिकमको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियाे । तर अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाउने भट्टले बताए ।

के छ कानुनी प्रावधान ?
संक्रामक रोग ऐन, २०२० अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा एकसय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here