पछिल्लो समय कलाकारहरुको अनावश्यक विवाद तथा गसिपहरु बढि सार्वजनिक भईरहेका छन् । कोरोना भाइरसका कारण फिल्म क्षेत्र ठप्प छ । जसको कारण फिल्मकर्मी बढि फुर्सदमा देखिएका छन् । तर दिर्घकालिन रुपमा फिल्म क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ अर्थात फिल्म क्षेत्रको लागि कस्ता खालका योजनाहरु बनाउनु पर्छ भन्ने विषयमा फिल्मकर्मीको ध्यान जान सकेको छैन । बलिउडमा कुनै खालको विवाद वा ट्रेण्डिङ शुरु भए त्यसको सिको गरिहाल्ने नेपाली फिल्मकर्मीले अनावश्यक विवाद तथा ट्रेण्डिङलाई समेत फलो गर्ने गरेका छन् । कलाकार आदर्श पनि हुन् । उनीहरुले गरेका सबै गतिविधिले अर्थ राख्दछ । धेरैले उनीहरुको सिको पनि गरिरहेका हुन्छन् । त्यसैले कलाकारले सकेसम्म समाजलाई दोहो¥याउने खालको अभियानहरु र देशको कानुन लाई बढवा दिने खालको अभियानहरु संचालन गर्नुपर्दछ । तर, नेपालमा भने कानून भन्दा माथि उठेर अनावश्यक बेतुकका अभियानहरु समेत संचालन गर्न पछि पर्दैनन् कलाकारहरु । भर्खरै केही कलाकारहरु नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ४ बर्ष बिताएका कुलमान घिसिङलाई नै पुर्नबहाली गर्नुपर्ने भन्दै अभियानमा जुटेका छन् । सबैभन्दा पहिले बुझ्नुपर्ने के छ भने, सरकारको विभिन्न बोर्ड तथा विभाग वा अन्य निकायमा सरकारी नीति नियम र कानून अनुसार नै नियुक्तीहरु हुने गरेको छ । यसरी कलाकारले पुर्नबहालीको लागि बेतुकको अभियान चलाउँदैमा सरकारले नियुक्ती गर्छन् भन्ने पनि हैन । अर्को कुरा के हो भने कलाकारले कुलमान घिसिङको पक्षमा रहेर साँझ ५ मिनेट बत्ति निभाउने अभियान चलाएका छन् । यस्तो खालको अभियान चलाउनु मूर्खता मात्र हो । नागरिक अधिकारको सदुपयोग गर्दै आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाईन्छ । कुलमानकै विषयमा अरुलाई असर नपर्ने गरि आवाज उठाउन पाईन्छ । तर, कानून भन्दा माथी गएर कुनै पनि अनावश्यक अभियान चलाउने, कोरोना कहरको बीचमा सयौंको नारा जुलुस गर्ने परिपाटी नेपाल जस्तो सानो मुलुकको लागि अभिसाप बन्दै गईरहेको छ । यसले नेपालको प्रशासनिक संस्कारलाई चूनौती दिईरहेको छ । हिजोका दिनमा कुलमान घिसिङ नियुक्ती हुदाँ यहि मासले अभियान चलाएर वा नारा जुलुस गरेर नियुक्ती भएका हैनन् । सरकारले आवश्यकता र विज्ञको आधारमा उनलाई नियुक्ती गरेको थियो । सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार उनले जिम्मेवारी निर्वाह गरे । छोटो समयमै विद्युत प्राधिकरणमा परिवर्तन संभव भयो । त्यसैले फेरि कुलमान नै हुनुपर्छ भन्नु र त्यसको लागि बेतुकको अभियान गर्नु मूर्खता हो । सरकारले विद्युत प्राधिकरणको वर्तमान अवस्था र थप समस्या केलाउँदै हिजोको दिनमा कुलमान नियुक्त गरे जस्तै अन्य योग्य व्यक्ति पनि नियुक्ती गर्न सक्छन् । वा आवश्यक रहे कुलमानलाई नै पुन नियुक्ती गर्न सक्छन् । तर यस्ता खालका समाजिक सञ्जालका दबाब र बेतुकका अभियानले सरकारलाई थप चूनौती मात्रै दिने कार्य गर्दछ । जसको कारण कुलमान नियुक्ती हुने पक्का अवस्थामा पनि सरकार सोच्न बाध्य हुन्छ र अन्य व्यक्ति नियुत्ती गर्नुपर्ने बाध्यतामा सरकार पुग्न सक्छ । किनकी कर्मचारी नियुक्ती भिड, नारा जुलुस र बेतुकका अभियानले गर्ने हैन । नीति नियम र कानूनलाई टेकेर सरकारले गर्ने हो । यदि कुलमान नै हुने अवस्थामा अब उनी नियुक्ती भएन भने जिम्मेवार को हुने त ? यस्ता अभियानका अभियन्ताहरु हुन पर्छ की पर्दैन ? सोचनीय विषय हो यो । त्यसैले आवश्यकता भन्दा बढि बेतुकका अभियानहरु चलाउँदा कहिले काहीँ घाटा पनि हुने गर्दछ । यतातिर अभियन्ता भनिएका कलाकारहरुको ध्यान जाओस् ।

0
21

पछिल्लो समय कलाकारहरुको अनावश्यक विवाद तथा गसिपहरु बढि सार्वजनिक भईरहेका छन् । कोरोना भाइरसका कारण फिल्म क्षेत्र ठप्प छ । जसको कारण फिल्मकर्मी बढि फुर्सदमा देखिएका छन् । तर दिर्घकालिन रुपमा फिल्म क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ अर्थात फिल्म क्षेत्रको लागि कस्ता खालका योजनाहरु बनाउनु पर्छ भन्ने विषयमा फिल्मकर्मीको ध्यान जान सकेको छैन ।

बलिउडमा कुनै खालको विवाद वा ट्रेण्डिङ शुरु भए त्यसको सिको गरिहाल्ने नेपाली फिल्मकर्मीले अनावश्यक विवाद तथा ट्रेण्डिङलाई समेत फलो गर्ने गरेका छन् । कलाकार आदर्श पनि हुन् । उनीहरुले गरेका सबै गतिविधिले अर्थ राख्दछ । धेरैले उनीहरुको सिको पनि गरिरहेका हुन्छन् ।

त्यसैले कलाकारले सकेसम्म समाजलाई दोहो¥याउने खालको अभियानहरु र देशको कानुन लाई बढवा दिने खालको अभियानहरु संचालन गर्नुपर्दछ । तर, नेपालमा भने कानून भन्दा माथि उठेर अनावश्यक बेतुकका अभियानहरु समेत संचालन गर्न पछि पर्दैनन् कलाकारहरु ।

भर्खरै केही कलाकारहरु नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ४ बर्ष बिताएका कुलमान घिसिङलाई नै पुर्नबहाली गर्नुपर्ने भन्दै अभियानमा जुटेका छन् । सबैभन्दा पहिले बुझ्नुपर्ने के छ भने, सरकारको विभिन्न बोर्ड तथा विभाग वा अन्य निकायमा सरकारी नीति नियम र कानून अनुसार नै नियुक्तीहरु हुने गरेको छ ।

यसरी कलाकारले पुर्नबहालीको लागि बेतुकको अभियान चलाउँदैमा सरकारले नियुक्ती गर्छन् भन्ने पनि हैन । अर्को कुरा के हो भने कलाकारले कुलमान घिसिङको पक्षमा रहेर साँझ ५ मिनेट बत्ति निभाउने अभियान चलाएका छन् । यस्तो खालको अभियान चलाउनु मूर्खता मात्र हो ।

नागरिक अधिकारको सदुपयोग गर्दै आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाईन्छ । कुलमानकै विषयमा अरुलाई असर नपर्ने गरि आवाज उठाउन पाईन्छ । तर, कानून भन्दा माथी गएर कुनै पनि अनावश्यक अभियान चलाउने, कोरोना कहरको बीचमा सयौंको नारा जुलुस गर्ने परिपाटी नेपाल जस्तो सानो मुलुकको लागि अभिसाप बन्दै गईरहेको छ ।

यसले नेपालको प्रशासनिक संस्कारलाई चूनौती दिईरहेको छ । हिजोका दिनमा कुलमान घिसिङ नियुक्ती हुदाँ यहि मासले अभियान चलाएर वा नारा जुलुस गरेर नियुक्ती भएका हैनन् । सरकारले आवश्यकता र विज्ञको आधारमा उनलाई नियुक्ती गरेको थियो ।

सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार उनले जिम्मेवारी निर्वाह गरे । छोटो समयमै विद्युत प्राधिकरणमा परिवर्तन संभव भयो । त्यसैले फेरि कुलमान नै हुनुपर्छ भन्नु र त्यसको लागि बेतुकको अभियान गर्नु मूर्खता हो । सरकारले विद्युत प्राधिकरणको वर्तमान अवस्था र थप समस्या केलाउँदै हिजोको दिनमा कुलमान नियुक्त गरे जस्तै अन्य योग्य व्यक्ति पनि नियुक्ती गर्न सक्छन् ।

वा आवश्यक रहे कुलमानलाई नै पुन नियुक्ती गर्न सक्छन् । तर यस्ता खालका समाजिक सञ्जालका दबाब र बेतुकका अभियानले सरकारलाई थप चूनौती मात्रै दिने कार्य गर्दछ । जसको कारण कुलमान नियुक्ती हुने पक्का अवस्थामा पनि सरकार सोच्न बाध्य हुन्छ र अन्य व्यक्ति नियुत्ती गर्नुपर्ने बाध्यतामा सरकार पुग्न सक्छ ।

किनकी कर्मचारी नियुक्ती भिड, नारा जुलुस र बेतुकका अभियानले गर्ने हैन । नीति नियम र कानूनलाई टेकेर सरकारले गर्ने हो । यदि कुलमान नै हुने अवस्थामा अब उनी नियुक्ती भएन भने जिम्मेवार को हुने त ? यस्ता अभियानका अभियन्ताहरु हुन पर्छ की पर्दैन ? सोचनीय विषय हो यो ।

त्यसैले आवश्यकता भन्दा बढि बेतुकका अभियानहरु चलाउँदा कहिले काहीँ घाटा पनि हुने गर्दछ । यतातिर अभियन्ता भनिएका कलाकारहरुको ध्यान जाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here