परदेसि नेपालीहरुको यथार्थ पिडामा आधारीत बाँसुरी बादक / गायक रत्न बि.क’को (मुग्लान पारी ) भिडियो सार्वजनिक

0
424

काठमाण्डौ आश्विन २ । परदेसि नेपाली हरुको यथार्थ पिडामा आधारित बाँसुरी बादक तथा गायक रत्न बि.क’को मर्मस्पर्शी गीत मुग्लान पारी गीतको भिडियो सर्बजनिक भएको छ ।
चर्चित सर्जक हुम गैरेको शब्द कमला बि.सिको संगीत रहेको गितमा रत्न बि.क को एरेन्ज तथा स्वर रहेको छ । गरिबीका कारण परदेसि भुमिमा पसिना सङ्ग पैसा साट्न बाध्य नेपाली दाजुभाई दिदिबैनि हरुको यथार्थ कथा बस्तुमा तयार पारियको भिडियोमा बरिष्ठ रंगकर्मि रश्मि भट्ट चर्चित मोडल अञ्जली अधिकारी चर्चित गायिका तथा मोडल टिका सानु वरिष्ठ कलाकार बसन्त बर्माको साथमा गायक रत्न बि.क’को जिबन्त अभिनय रहेको छ।

गितको निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने’ गीतलाई पछिल्लो समयका ब्यस्त छायांकार करण चैसिरले खिचेका छन।
हुने खाने हरुले हुँदा खाने हरुलाई गरेको दमन तथा अत्याचारलाई गीतमा मामार्मिक ढङ्गले प्रतुत गरिएको छ। बाल कलाकार हरु= राशिका सिङ्ग ,रिदम गन्धर्व , पुजा कडरा लगायतको मनमोहक अभिनय रहेको गीतको भिडियो रत्न बि.कको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
नेपाली गीत सङ्गितको बजारमा बाँसुरी बादक तथा गायक रत्न बि.कको मर्मस्पर्शी गीत मुग्लान पारीले छोटो समयमै सबैको मन जित्न सफल होस शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here