खोर्के खोलामा भेटियो जन्मिने वित्तिकै फालिएको शिशुको शव ( भिडियाे )

0
41

वीरेन्द्रनगरको खोर्के खोलामा जन्मिने वित्तिकै फालिएको शिशुको शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल शिशुको शव भेटिएको हो ।

जन्मिने वित्तिकै बच्चा प्लाष्टिकको पोका भित्र बालबालिकाले भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएकाे शिशु बालक रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

बच्चा कस्ले फालेको हो भन्नेबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीले मुचुल्का उठाएर शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here