अर्घाखाँचीको शितगंगामा जमीन भासिँदा ३ सय घर जोखिम

0
37

अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो ।

जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दुई वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेका ठहर गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा वडा नं. १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा वडा नंं. ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए ।

भिरालो पाखोको वस्तीमा जमिन भासिँदा वडा नम्वर १२ को कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा परेका वडा अध्यक्ष बाबुराम गैरेले बताए ।यस्तै वडा नम्वर ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको जोखिममा परेका वडा अध्यक्ष कपिल आलेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here