दैलेखमा विद्यार्थीकाे विषयलाइ लिएर शिक्षकहरुविच झडप

0
97

दैलेखमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको छ । नारायण नगरपालिका–६ रामपुरमा विद्यार्थीको विषयमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको हो ।
दैलेख मोडेल स्कुलमा अध्ययन गर्न आएका विद्यार्थीलाई फुलवारी विद्या मन्दिर अध्ययन गर्न गएको र पुनः मोडेल स्कुलमा गएपछि शिक्षकहरुविच झडप भएको प्रहरीले जनाएको छ ।

‘घटना ठूलो सक्ने भएकाले तत्काल प्रहरी गएर उहाँहरुलाई छलफलका प्रहरी कार्यालय ल्याएका छौं’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्यले भने, ‘उहाँहरुविच भना भएपछि अप्रिय घटना नहोस् भनेर प्रहरी पुगेर अहिले दुवै पक्षविच छलफल भइरहेको छ ।’

दुबै पक्षबाट बुझ्दा मोडेल कलेजका विद्यार्थी फुलबारी अध्ययन गर्न गएको र पुनः मोडेलमा आएपछि भनाभन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here