कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईयो

0
80

काठमाडौं, १८ असोज । नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईएको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याईएको छ । अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् । केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here