भिडियोमा गायक जोडी

0
155

गायक तथा संगीतकार अमृत क्षेत्रीको पहिचान नेपाली सांगीतिक दुनियाँमा बेग्लै छ। उनी थोरै तर पछिसम्म चल्ने गीत गाउन रुचाउँछन्। उनको शब्द, स्वर र संगीत रहेको गीत ‘जहाजै चढेर’ अहिले चर्चामा छ।

यो गीत चर्चामा रहेकै बेला उनले ‘लाजको घुम्टी’ बोलको गीत श्रोतामाझ ल्याएका छन्। अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक क्षेत्री स्वयंको संगीत छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायक क्षेत्रीले आफ्नी श्रीमती संगीतासँग अभिनय गरेका छन्। यसअघि यो जोडीले ‘मग मग’ बोलको गीतमा एकसाथ अभिनय गरेको थियो।

क्षेत्रीले भने, ‘अम्बिका दिदीलाई हामीले अभिनय गरेको मग मग गीत निकै मन परेको रहेछ। उहाँले अनुरोध गरेपछि हामीले फेरि एकपटक स्क्रिन सेयर गरेका हौं।’ ‘लाजको घुम्टी’ धेरैको जीवनसँग मिल्ने र आफ्नो जीवनसँग पनि नजिक रहेको उनी बताउँछन्। ‘अरूका गीत गाउँदा फरक कुरा हो। त्यो बजारका लागि हुनसक्छ। तर, आफैंले गर्दा आत्मसन्तुष्टिका लागि गर्छु’, उनले भने। गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here