साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन्…..

0
183

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग बिबाह गरेकी हुन् । उनीहरुले मुम्बइको एक होटलमा बिहे गरेका थिए । बिहेपछि काजल आफैले सामाजिक संजालमा बैबाहिक समारोहका तस्वीर शेयर गरिरहेकी छिन् ।

बिहेमा काजलले ब्राइड रेड लेहेंगा लगाएकी थिइन् । बिहे भन्दा अगाडि संगीत सेरेमोनीको आयोजना गरिएको थियो, जहाँ काजलसँग गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए । बिहेपछि गौतम र काजल मुम्बइमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here