बरिष्ठ संगीतकार राम सिटौलाको संगीत” गीतकार ईन्दिरा बोगटीको शब्द’मा गायक दीपेन्द्र सोनामले गाए (तिमीले छोडेनी सक्छु एक्लै जिउन )

0
206

बरिष्ठ संगीतकार राम सिटौलाको संगीत” गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्द’मा गायक कलाकार दीपेन्द्र सोनामले गाए तिमीले छोडेनी सक्छु एक्लै जिउन । केहि दिन अघि ओपल रेकर्दिंग स्टुडियोमा गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्दमा फेरी अर्को गीत रेकर्डिंग कार्य सम्पन्न भएको छ।

दुई हप्ता अघि गीतकार ईन्दिरा बोगटीको शब्दमा रहेको गायिका अन्जु पन्त र गायक दीपेन्द्र सोनामको आवाज रहेको गीत (चोखो माया) गीतको चर्चा सेलाउन नपाउंदै फेरी गीतकार इन्दिरा बोगटीको शब्दमा बरिष्ठ संगीतकार राम सिटौलाको संगीतमा तथा दीपेन्द्र सोनामको आवाजमा (तिमीले छोडेनी सक्छु एक्लै जिउन) बोलको गीत रेकर्डिंग भएको छ । बरिष्ठ संगीतकार राम सिटौला’को संगीतमा नेपालका चर्चित गायक गायिकाहरुले आवाज भरीसकेका छन भने धेरै गीतहरु चर्चित पनि छन् ।

बरिष्ठ संगीतकार राम सिटौला संगीत गुरुपनी हुन् । साथै उनले अनुराज संगीत बिद्यालयमा धेरै बिद्यार्थीहरुलाई संगीत सिकाइरहेका छन्। राम सिटौला”को संगीतमा गाउनु गायक दीपेन्द्र आफैलाई चुनौती पनि थियो तर त्यो चुनौती पार गरेको बरिष्ठ संगीतकार गुरु राम सिटौला बताउँछन् । एता गीतकार समाजसेवी ईन्दिरा बोगटी’को शब्दमा चर्चित गायिका मेलिना’ले पनि केहि समय पहिला (तिम्रो साँचो माया) बोलको गीत गाईसकेकी छन्।

समाजसेवा संगसंगै गीत संगीतमा अग्रसर गीतकार समाजसेवी ईन्दिरा बोगटी’को रचनामा रहेका गीतहरु क्रमश आउने तयारीमा छन् भने गायक मोडल दीपेन्द्र सोनाम’ले बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानको संगीतमा गायिका कुन्ती मोक्तान संग पनि गीत गाईसकेका छन्। दीपेन्द्र सोनामको अभिनयमा रहेको बदमाश र उनकै अभिनय तथा आवाजमा रहेको (चोखो माया) गीत चर्चीत गीत हो। भर्खर रेकर्दिंग भएको गीतमा भने एरेन्ज विश्व अधिकारीको रहेको छ। ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here