‘अझै पनि म ३० वर्षका युवासंग राजनीतिमा प्रतिस्पर्धा गर्न सक्छु’: बामदेव गौतम (भिडियो हेर्नुस्)

0
36

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संधै चर्चामा आइरहने नेता हुन् । नेकपालाई एकिकरण गर्न उनको ठूलो भूमिका छ । उनको ठूलो भूमिका र चाहनावाट एकिकृत भएको नेकपा फेरी एक पटक फुटको संघारमा पुगेको छ । राजनीतिमा मात्र होइन उनी ब्यक्तिगत स्वास्थ्यका लागि पनि उत्तिकै सजग छन् ।

नियमित ब्यायाम गर्ने नेता गौतम ७० वर्ष उमेर भन्दा बढी भएपनि तन्दुरुस्त देखिन्छन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।

दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए। सेतोपाटी अनलाईन सार्वजनिक गरेको भिडियोमा उनले यस्तो दावी गरेका छन् ।

‘भिडियोमा उनले भनेका छन्, म अझै ५/७ वर्ष त बाँच्छु होला भन्ने लाग्छ,’ गौतमले भने, ‘अहिले ५० वर्ष भएकाहरू मजस्तै लाग्छ। त्यही भएर ३०/४० वर्षका जवानसँग प्रतिस्पर्धा गर्न सक्छुजस्तो लाग्छ। म एउटा महत्वाकांक्षी भएर त होला।’

झन्डै एक घन्टा सम्बोधन गरेका उनले आफू ७ वर्षदेखि राजनीतिमा लागेकोदेखि मुलुकका हरेक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको उनको भनाई थियो । उनले अहिले नेकपामा देखिएको विवादले आफुलाई चिन्तित बनाएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here