हङकङको रेष्टुरेन्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो,

0
63

एजेन्सीः हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
आगलागीमा परी मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ । मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन् ।

यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको पनि मृत्यु भएको बताइएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको छ ।

घाइतेमध्ये ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो ।

तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here