विनिताको ‘लगनगाँठो’ एल्बम सार्वजनिक, मेहन्दीदेखि रिसेप्सनसम्मका गीत

0
91

गीतकार विनिता खनालको विवाहसम्बन्धी गीतिएल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच उक्त एल्बम सार्वजनिक गरिएको हो । सार्वजनिक एल्बममा मेहन्दी, जन्ती, रत्यौली, बिदाइ तथा रिसेप्सन गरी पाँच गीत समावेश छन् ।

आइतबार युट्युबमार्फत ‘आयो है आयो’ बोलको मेहन्दी गीत सार्वजनिक भएको छ । अब क्रमश: ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत) ‘बिदाइ गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) सार्वजनिक गरिनेछ ।

एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत सुन्न सकिन्छ । ‘आयो है आयो’ बोलको गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’मा मिना निरौला, ‘बिदाइ गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर दिएका छन् ।

एल्बममा समावेश यी पाँचवटै गीतको भिडियो निर्देशन सुव्रतराज आचार्यले गरेका छन् । भिडियोमा बिजु पार्की र रेश्मा घिमिरे दुलहा-दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ ।

पाँचवटा भिडियोलाई उत्सव दाहाल र उत्तम हुमागाईंले खिचेका छन् भने सम्पादनको काम विकास दाहालले गरेका छन् । भिडियोमा सहायक निर्देशकको रूपमा साइव्रत आचार्य रहेका छन् भने क्रियटिभ निर्देशकको रूपमा जया शर्मा छिन् ।

दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुबाेल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here