कोरोनाकालको सिंहदरबार– एउटा मास्कको ४५० रुपैयाँ, एक लिटर स्यानिटाइजरको ३ हजार !

0
34

कोरोना महामारी नियन्त्रण प्रयासमा देशभर आर्थिक अनियमितताका समाचार आइरहेको समयमा केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारले पनि कर्मचारी र सेवाग्राहीका लागि बजार मूल्यभन्दा महंगा सामान खरिद गरेको पाइएको छ ।

कोरोना सावधानीका लागि भन्दै प्रत्येक मन्त्रालय र सरकारी निकायले मास्क, स्यानिटाइजर, भाइजर र स्यानिटाइजर स्टान्डजस्ता सामान खरिदमा लाखौं रुपैया खर्च गरेको पाइएको छ ।

लोकान्तर डट्कमले गरेको खोजमा एउटै पर्खालभित्र रहेको सिंहदरवारभित्रकै मन्त्रालयले खरिद गरेका मास्क र स्यानिटाइजरको मूल्यमा ठूलो अन्तर देखिएको छ ।

मन्त्रालयले खरिद गरेका सामानको मूल्य र परिमाणमा अन्तर देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here