गीतकार समाजसेवी प्रतिमा गुरुङ”को ” मायालु ” गीत टीक़टक़’मा हिट” भिडियो सहित

0
121

गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ”को शब्द रचनामा ” मायालु ” गीतको भिडियो सार्वजनिक भएको छ । प्राय रोमान्टिक गीतहरुमा कलम चलाऊँदै आएकी र रोमान्टिक गीत रचना गरी आफ्नो छुट्टै पहिचान बनाएकी गीतकार प्रतिमा गुरुङ”ले अहिले फेरी “मायालु” गीतको भिडियो बजारमा ल्याएकी हुन् । उक्त गीत बजारमा ल्याए लगत्तै टिकटक फेसबुक पेज लगायत सामाजिक संजालमा ब्यापक चर्चा कमाएको छ।

गीतलाई चर्चित गायक संगीतकार चिरन्जीवी भण्डारी र चर्चित गायिका एलिना चौहान’ले आवाज दिएका छन् भने’ संगीत पनि गायक स्वयम् चिरन्जीवी भण्डारी’कै रहेको छ। गीतलाई पुस्कर सुनुवार’ले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडल कलाकार दिनेश कठायत (काजी) र बिनिता सुनारको’ रोमान्स’ले भरीपूर्ण अभिनय देख्न पाइन्छ। मोडल दिनेश कठायत (काजि)’ले पछिल्ला दिनहरुमा नेपालका चर्चित गायक गायिका’को आवाज रहेको गीतहरुमा पनि अभिनय गरेका छन् अहिले उनि नेपालकै अति ब्यस्त मोडल’को सुचिमा पनि पर्न सफल भएका छन् । गीतको भिडियोलाई प्रितम पौडेलले निर्देशन गरेका हुन भने छयांकन दुर्गा श्रेष्ठ’ ड्रोन छयांकन रोनिश लामा’ को रहेको छ । गीतको भिडियोलाई मोहन सुनुवार (नबिन)’ले सम्पादन गरेका छन्। भिडियोलाई चिरन्जिबी भण्डारीको युट्युब च्यानलमा हेर्न सकिन्छ। गायक चिरन्जीवी भण्डारीका अन्य रोमान्टिक गीतहरु पनि यहाँ रहेका छन् | मनोरंजनको लागी हेर्नुहोला …… ||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here