सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झनै चुलिदै गएको छ । पार्टीभित्र विवाद चलिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एकलौटी रूपमा किताब छापेर प्रकाशनमा ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।
अध्यक्ष दाहालले पार्टीको लोगोसहितको सचिवालय बैठक सहमतिका लागि प्रधानमन्त्री तथा अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बुझाइएको पत्र, प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई दिनुभएको जवाफ, प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ र नेकपाको ७० औं सचिवालय बैठकमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव समावेश गराएर किताब प्रकाशनमा ल्याएका छन्। उक्त किताव प्रदेश र जिल्ला तह र तप्कासम्म वितरण गरेपछि ओली र प्रचण्डबीचको विवाद झनै चुलिएको छ भने ओली निकटका नेताहरुले प्रचण्डको कार्य प्रति असन्तुष्ट जनाएका छन् ।
यता प्रचण्डसंगै सहयात्रा गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले समेत प्रचण्डको यस प्रति फरक मत राखेका छन्। प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि सबै समावेश गराएर मात्रै पुस्तक बनाएर प्रकाशन गर्नुपर्ने नेपालको धारणा छ । पार्टीभित्रको विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री ओलीको जवाफ पनि त्यसमा समावेश गर्नुपर्थ्यो तर ओलीको जवाफ समावेश नगरी प्रचण्डले एकलौटी पुस्तक प्रकाशन गरेर तह र तप्कासम्मा पुराएपछि पार्टीभित्रको विवादलाई किताब प्रकाशनले थप प्रोत्साहन गर्ने तथा विवाद झनै उत्कर्षमा पुग्ने देखिन्छ ।