राजावादीहरुको जु’लुसमा सहभागी नहुन सरकारको आग्रह

0
58

काठमाडौं – सरकारले संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शा’स’न’वि’रु’द्ध जनतालाई भ’ड्काउने प्र’यास भइरहेको जनाएको छ ।

गणतन्त्रको वि’रोध गर्दै राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा प्र’दर्शन भइरहेको बेला सरकारले प्रति’क्रि’यावादी र पुनर्उत्थान’वादीहरुका यस्ता खालमा भ’ड्का’उ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको हो ।

सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले भने, ‘संवैधानिक प्रणाली, लोकतन्त्र, कानूनी शासन विरुद्ध जनतालाई भ’ड्का’उने प्रयास भइरहेको छ । प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता खालका भ’ड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गर्दै नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न हार्दिक अपिल गर्दछ ।’

केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here