मेलिना र सिएलको बाँचुन्जेलमा सुरविना र कमलको गज्जब अभिनय, भिडियो

0
156

। गायिका मेलिना राई र सिएल शर्माले स्वर रहेको बाँचुन्जेल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा किशोर सुवेदीका शब्द शृजना समावेश छन् । २१ औँ शताब्दिमा पनि नेपाली समाजमा छाउपडी प्रथा विधमान छ । सोही विषयलाई निर्देशक निकेश खड्काले जस्ताको त्यस्तै भडियोमा उतारेका छन् ।

निर्देशक खड्काको आफ्नै च्यानलबाट बजारमा ल्याइएको भिडियेमा निर्देशक खड्काले नेपाली समाजको यथार्थ र मौलिक कथा भन्दै यो प्रकारको प्रस्तुतिलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन् । गीतको भिडियोमा अभिनेत्री सुरविना कार्की र मोडल कमल सिंह फिचर्ड छन् ।

पछिल्लो पटक ‘के माया लाग्छ र’ बोलको हिट गीतमा देखिएकी सुरविनाले यो पटक पनि गाउँले युवतीको भुमिकामा जीवन्त अभिनय पस्केकी छिन् । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् भने छायांकन वुद्ध थापाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here