केपी ओली र पूर्व राजा ज्ञानेन्द्रबिच गोप्य छलफल र सम्झौता !

0
237

काठमाडौँ – के नेपालमा फेरी राजतन्त्र फर्किएला ? २ सय ४० वर्षसम्म नेपालमा एक्लो राज गरेको राजतन्त्र हटेको करिब डेढ दशकपछि यो विषयमा चर्को वहष सुरु भएका बेला नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी९नेकपा० विभाजित भएपश्चात विकसित घटनाक्रमहरुका समाचारहरु एकपछि अर्को गर्दै प्रकाशित गरिरहेको भारतको अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ले यस्तो दाबी गरेको छ ।

उक्त पत्रिकामा एक लेख लेख्दै पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने बताएका हुन्। उक्त लेखमा पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाह बीच राजसंस्था पुनःस्थापना गर्ने विषयमा गोप्य सम्झौता भएको हुन सक्नेसम्मको संभावनाका गतिला आधारहरुका बारेमा पनि उल्लेख गरेका छन् ।

निजी आवासतर्फ ८० प्रतिशत प्रगति

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।

कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ८६० लाभग्राहीमध्ये छ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रु एक लाखसमेत लिइसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको एक लाख ५० हजार छ हजार ५२६ लाभग्राहीले र पहिलो किस्ताबापत रु ५० हजार सात हजार ५१६ लाभग्राहीले लिइसकेका छन् ।

प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ताबापतको रु ५० हजार बुझ्ने एक हजार २६२ लाभग्राहीमध्ये नौ जनाले दोस्रो किस्ताबापतको रकम रु ५० हजारसमेत बुझिसकेका छन् । प्रबलीकरणका लागि एक हजार ३७८ लाभग्राही रहेका छन् । नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ ३४४ र प्रबलीकरणतर्फ ११६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।

नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनःनिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताउनुभयो । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६३३ जना, तेस्रो किस्ता लिन नआउने ४०४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताउनुभयो ।

कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने दुई जना रहेका छन् । यसै क्रममा २३३ डकर्मी उत्पादन गरिएकोको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तर्फ हालसम्म १७९ वटा विद्यालय भवन बनेका छन् । पाँच सय ७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका इन्जिनीयर सरोज श्रेष्ठले जानकारी दिनभयो । शौचालय १०४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उहाँका अनुसार जिल्लाका २३३ वटा विद्यालयमा ७४० कक्षाकोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here