संसद विघटन विरुद्ध आन्दोलन गर्ने कि ,अदालतको निणर्य पर्खिनेमा कांग्रेसको मत बाँझियो

0
66

काठमाडौं , पुस १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न विवाद र समस्याको समाधानको लागि गत पौष ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पौष १० मा स्थगित भएको थियो।

बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ भने ,संसद विघटन विरुद्ध थप आन्दोलनका कार्यक्रम गर्ने कि सर्वोच्चको निणर्य पर्खिने भन्नेबारे कांग्रेसमा मत बाँडिएको छ ।

सभापति शेरबहादुर देउवा भने अदालतको निणर्य पर्खिने र अदालतले सही निणर्य गर्नेमा आफुमा विश्वास भएको बताउँदै आएका छन् ।

गत पौष ५ गते ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले यसको विरोधमा देशको विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here