सर्लाहीमा उम्मेदवार छान्न दलहरू व्यस्त, हेर्नुस्, कसको अवस्था कस्तो ?

0
742

सर्लाहीमा राजपा नेपालबाहेक अरु राजनीतिक दलले चुनावी प्रचार प्रसारको काम केही साताअघि देखि नै गरिरहेका छन् । सदरमुकाम मलंगवालगायत दक्षिणी भेगमा चुनावी गतिविधी नभए पनि पूर्वपश्चिम राजमार्गसहित उत्तरीक्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।
राजपा नेपालको निर्वाचन विरोधी कार्यक्रमले अन्य राजनीतिक दलका निर्वाचन गतिविधिमा खासै प्रभाव परेको छैन । राजपाको निर्वाचन विरोधी कार्यक्रममा उपस्थिति पातलिँदै गएको छ ।
१० नगरपालिका र ७ गाउँपालिका रहेको सर्लाहीमा अहिलेसम्म एमालेले पाँच नगरपालिका र दुई गाउँपालिकामा मेयर र अध्यक्षका उम्मेदवार तय गरेको छ
कांगे्रसले भने वडाबाहेक नगर तथा गाउँपालिकामा उम्मेदवार तय गरेको छैन । आन्तरिक छलफल चलिरहेको कांगे्रस सर्लाहीका सचिव नवीन अधिकारीले जानकारी दिए ।
माओवादी केन्द्रले बरहथवा र हरिपुर नगरपालिकामा उम्मेदवार तय गरिसकेको छ । हरिपुर नगरपालिकाको मेयरमा सुनील बुढाथोकी र बरहथवा नगरपालिकाको मेयरमा देवानन्द महतोलाई उठाउने निर्णय भएको माओवादी नेता कमल बुढाथोकीले बताए ।
राप्रपाभित्र भने विवाद बढेको छ । राप्रपा नेपाल र राप्रपा एकीकरणपछि महाधिवेशनसमेत सम्पन्न भइसके पनि यहाँ अझै दुईवटा कार्यसमिति क्रियाशील छन् । दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here