रुपन्देही युवा समुह”लुम्बिनी सांस्कृतिक न​गर समिति द्वारा न्यानो कपडा तथा कम्बल बितरण

0
180

काठमाण्डौ , २० पुस / रुपन्देही युवा समुह लुम्बिनी सांस्कृतिक न​गर समिति द्वारा न्यानो कपडा तथा कम्बल बितरण गरेको छ ।
बितरण कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख मनमोहन चौधरीले युवा समुहले गरेको कार्य प्रशंसनीय रहेको बताए । अबको देशको विकास गर्ने जिम्मेवरी युवा पुस्ताको हातमा रहेको बताउदै युवाको काँधमा थपिएको राष्ट्रको जिम्मेवारी पुरा गर्न सबै युवाहरूले लगिपर्न आग्रह गरे ।

रमाकान्त शर्माको अध्यक्षता र संस्था का सस्थापक आनन्द प्रसाद गुप्ताको बिशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ५० जना असहायलाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक अमन जयसवालले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंबर ४ अमारीमा सम्पन्न उक्त कार्यक्रममा अमारी ४ का वडा अध्यक्ष बिनोद कुमार श्रीबास्तव, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधेश्याम शर्मा, मेलमिलाप संयोजक अशोक कुमार गोस्वामी, रुप​न्देही युवा स​मुह जिल्ला अध्यक्ष बिशाल गुप्ता, महा सचिव कृष्ण प्रसाद खरेल ,जिल्ला कोषाध्यक्ष अभिषेक ज​यसवाल, क्षेत्र न.३ का अध्यक्ष ओजस शर्मा, बुटवल नगर समितिका उपाध्यक्ष पूरब पाण्डेय्, कोषाध्यक्ष अप्स​ना परियार लगायत समाजसेवी दिनेश यादव , सुरज , गंगाराम कुर्मी एवम् लुम्बिनी सांस्कृतिक न​गर समितिका वरिष्ठ पदाधिकारी लगायत जन-मानसको बृहत उपस्तिथि रहेको थियों।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here