राजनीतिमा लाग्दै मनिषा

0
95

काठमाडौँ-अभिनेत्री मनिषा कोइराला राजनीतिमा लाग्ने भएकी छन् । कोरोना महामारीमा भारतबाट नेपाल आएकी उनी अब मातृभूमिमा नै राजनीति गर्ने तयारी गरेको बताइएको छ । यसका लागी मनिषाले नेता विपिन कोइराला, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने तथा पूर्वडिआइजी रमेश खरेललगायतसँग परामर्श गरिरहेको स्रोत बताउँछ ।

अभिनेत्री कोइरालाले मुख्य रुपमा नै राष्ट्र जोगाउने अभियानका साथ राजनीतिमा हात हाल्न खोजेको बताइन्छ । ‘कांग्रेस, कम्युनिस्टहरूले राष्ट्रको नाशै गरिसकेको उनको ठहर छ । स्रोतका अनुसार कोइरालाले पुराना कांग्रेसी नेताहरूसँग अलि बाक्लै छलफल गरेकी छिन्।

प्रकाश कोइरालाकी छोरी मनिषाले राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गर्न भन्दै त्यसको बारेमा जानकारी दिन मनिषासहितको यो टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । मनिषाले बलिउडमा धेरै हिट फिल्ममा अभिनय गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here