सस्तियो तरकारीको मूल्य , हेर्नुहोस कुनको कति ?

0
97

काठमाडौँ – आज नेपाली बजारमा तरकारीको मूल्यमा सामान्य घटबढ भएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजारले जनाए अनुसार आज भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य अहिले बिस्तारै घटेको छ ।

आज प्याजको मूल्य किलोको ६० देखि ६५ रुपैया रहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ । त्यस्तै आज आलु किलोको ४० देखि ४५ रुपैया रहेको छ भने काउली किलोको २० देखि २५ रुपैयामा किनबेच भइरहेको छ ।

आलु किलोको ४० देखि ४५ रुपैयामा किनबेच भइरहेको छ ।लौका किलोको ३५ देखि ५०, सिमी किलोको ५० देखि ५५ र रायोको साग ५० देखि ६० मा किनबेच भइरहेको छ । त्यस्तै मुला किलोको ३५ देखि ४०, भेण्टा किलोको ४५ देखि ५० रुपैयामा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here