पाँचथरमा श्रीमतीलाई बञ्चरो प्र’हा’र गरी ३२ वर्षीय धनकुमारले लिए ज्या’न,त्यसको केहि दिनमै आफुले पनि छाडे संसार

0
57

काठमाडौ । आफ्नै श्रीमतीको ब’ञ्च’रो प्र’हा’र गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झु’ण्डि’ए’को अवस्थामा मृ’त फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झु’ण्डि’ए’को अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टा’उ’को’मा ब’ञ्च’रो प्र’हा’र गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झु”ण्डि’एर मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले ९कटुस०को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

श’व गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आ’त्मह’त्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृ’त्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here