छोटो समयमा नै संक्रमण फैलाउन सक्ने नयाँ प्रकारको कोरोनाले थलियो बेलायत, २४ घण्टामा नै १ हजार ४१ को मृत्यु

0
69

काठमाडौँ । नयाँ प्रकारको कोरोनाले बेलायत फेरी एक पटक थलिएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोनाले त्यहाँको जनजीवन अस्तव्यस्त मत्रै बनाएर मृत्यु दर पनि बढेका कारण सर्वसाधारणमा ठूलो त्रास उत्पन्न भएको छ ।

तीव्र संक्रामक मानिएको यो प्रकारको भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्याबढेको बिबिसीले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा कोरानाका कारण १ हजार ४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हो ।

त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । यससँगै बिहीबार बिहानसम्म बेलायतमा कुल कोरोना संक्रमित २८ लाख ३६ हजार ८०१ पुगेको छ भने कुल मृतक संख्या ७७ हजार ३४६ पुगेको बिबिसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here