बलिउडमा चलेका कलाकारले मनग्य कमाउँछन् र त्यहीअनुसार घर जग्गा तथा सम्पत्ति जोड्न सक्षम हुन्छन्। तर, ठिकठिकै चलेका कलाकारहरुको कमाइ कस्तो होलारु उनीहरु कुन स्तरको घर–जग्गा र सम्पत्ति जोड्न सक्षम होलान्रुबलिउड अभिनेत्री जान्वी कपुरको करिअर खासै लामो नभए पनि उनले मुम्बईस्थित जुहुमा आफ्ना लागि ३९ करोड भारतीय रुपियाँको घर खरिद गरेकी छन्।
पलपल इन्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार ३ हजार ४ सय ५५ स्क्वायर फिटमा फैलिएको जान्वीको घरमा तीन फ्ल्याट रहेका छन्। केवल तीन फिल्ममा काम गरेकी जान्वीले २३ वर्षको उमेरमै यति महँगो घर खरिद गरेपछि मानिसहरु चकित परेका छन्।नेपालसमचारपत्रमा खबर छ ।
अभिनेत्री स्व। श्रीदेवी तथा निर्माता बोनी कपुरकी जेठी छोरी जान्वी हाल आफ्नो पिता तथा बहिनीका साथ लोखन्डवालामा बस्छिन्। केही समयअघि नेटफिल्क्सको घोस्ट स्टोरिजमा देखिएकी जान्वी त्यसभन्दा पहिले करण जोहरको ब्यानरमा बनेको गुजन सक्सेना ः द कारगिल गर्लमा देखिएकी थिइन्। अब जान्वीको नयाँ फिल्म रुही अफजा रिलिजकोे तयारीमा छ। उनी हाल गोवामा छुट्टी मनाइरहेकी छिन्।