प्रचण्ड -नेपाल समूहले आज ओलीलाई राष्ट्रका नाममा क्षमायाचना माग्न लगाउने :

0
67

नेकपाको प्रचण्ड नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक दिने भएका छन् ।

संसद विघटन पछि दोस्रो चरणकोे आन्दोलन घोषणा गरेको प्रचण्ड नेपाल समूहले आज आफ्नो आन्दोलनको कार्यतालिका अनुसार हरेक जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत ओलीलाई विरोध पत्र सहित संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना माग्न लगाउने कार्यक्रम रहेको छ ।

काठमाडौंका नेता हिमाल शर्माले जानकारी दिए अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउनु पुर्व बबरमहलमा प्रचण्ड नेपाल समूहको कार्यकर्ता भेला भएर जुलुस सहित जिल्ला प्रशासन जाने कार्यक्र रहेको बुझिएको छ ।

आज दिउँसो १२ बजे बबरमहलमा भेला हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here