विगतमा मेला महोत्सवको छाता संगठन नाम दिईएको संस्थालाई सातै प्रदेशका मेला महोत्सव व्यवसायी भेला भई नेपाल मेला तथा महोत्सव व्यवसायी संघ’ नाम दिई नयाँ संस्था स्थापना गरिएको छ ।
छाता संगठनका अध्यक्ष रहेका सन्दिप महतको अधक्ष्यतामा गठित उक्त भेला कार्यक्रमले सर्वसम्मत रुपमा उक्त नाम पारीत गरेको हो । अबको महासंघले एक वर्ष भित्रमा उक्त महासंघ दर्ता गर्ने, संस्था बिधान निर्माण गर्ने, निर्वाचन गर्ने तथा सातै प्रदेशमा उक्त संघको कार्यालय खडा गरी व्यवसायीहरुलाई आईपर्ने विभिन्न सम्सयाको समाधान तथा मेला महोत्सवलाई व्यवस्थापन गर्ने र सातै प्रदेशमा बिस्तार पश्चात उक्त संघलाई महासंघको रुप दिईने साथै सरकारी नियम अनुसार काम कारवाही सुरु गर्न पहल गरिएको जस्ता कुराहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।
नयाँ महासंघको नयाँ गठित तटस्थ १३ कार्य समितिमा पधाधिकारीको रुपमा निर्विरोध रुपमा २० वर्ष भन्दा बढी यसै क्षेत्रमा आफ्नो अमुल्य समय योगदान गरिसक्नु भएका टेक बहादुर कार्की (शंकर भुत)लाई अध्यक्षमा मनोनित गरिएको छ भने वरिष्ठ उपाध्यक्ष प्रेम मल्ल, उपाध्यक्ष कासिम मिया, महासचिव रुद्रे बहादुर राउत, इश्वरी के सि सचिव, राजु अधिकारी कोषाध्यक्ष, शितल गुरुङ, बिमला कोइराला सदस्य, दोर्जे लामा, राजु लामा, बिमल कुमार सुर्खेती, सुरेश गिरी, प्रितम मल्ल सदस्य तथा अब बन्ने बिधानको लागि मनोनित सलाहकारहरुमा सन्दिप महत, ललित सिंखडा, बलराम श्रेष्ठ, राजकुमार सिग्देल, प्रशान्त सुनुवार रहनेछन ।
त्यस्तै प्रदेश १ मा रुद्र बहादुर राउत, प्रदेश २ मा कासिम मिया र बेचन शाह, प्रदेश ३ मा प्रेम प्रसाद दाहाल, अनित बिष्ट, प्रदेश ४ मा राजकुमार सिग्देल, प्रदेश ५ मा बिनोद बुढाथोकी र हेमु थापा, प्रदेश ६ मा पूर्ण सापकोटा, प्रदेश ७ मा हरिष भट्ट प्रदेश संयोजकका रुपमा रहनेछन ।