अम्बिकाको शब्दमा ‘दिप भै बलिरहुँ. गीतको भिडियो सार्वजनिक

0
55

काठमाडौं– लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेकी गीतकार अम्बिका गुरुङ आफ्नो नयाँ गीत ‘दिप भै बलिरहुँ..’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक उनका शब्दहरुमा गायक कृष्ण काफ्लेको स्वर तथा संगीतकार पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ । गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई निशान कस्यप घिमिरेले निर्देशन गरेका छन् ।

भिडियोमा गायक कृष्ण काफ्ले तथा मोडेल श्रेया सिटौलाले अभिनय गरेका छन् । भावसागरले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सब दाहालको छायांकन, अनिता ग्वाच्चाको मेकअप तथा निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here