लाबोनी प्रमोदको नयाँ गीत सार्वजनिक

0
102

नेपाली सङ्गीत बजारमा लाबोनी प्रमोदको नयाँ गीत सार्वजनिक भएको छ । उनीहरूको ‘आज फेरि’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

अहिले बजारमा चलिरहेको भन्दा अलिक भिन्न र विशेष खालको एउटा अत्यन्तै मीठो समर्पित प्रेमभावको गीत हो यो । शब्द अत्यन्तै गहकिला भएकाले सोहीअनुसार सङ्गीत भरिएको छ । कोलकतामा लामो समय शास्त्रीय संगीत सिकेर नेपाल फर्केका उनीहरू बजारका लागि मात्रै भन्दा पनि सङ्गीतका लागि सङ्गीत गर्नुपर्ने विचार राख्छन् । आफ्नै ुलाबोनीप्रमोद’को सङ्गीतमा रहेको गीत विदेहमणि उपाध्यायले लेखेका हुन् ।

अहिलेका उदीयमान निर्देशक अनुप चापागाईंको निर्देशनमा तयार भएको गीतको भिडियोमा भने करण श्रेष्ठ र रिया क्षेत्रीको मीठो कम्बिनेसन देख्न सकिन्छ । एकार्काप्रति समर्पित प्रेमभावले भरिएको गीतको सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङको काम गरेका छन् । निशल पौडेलले खिचेको भिडियोलाई विकास दाहालले इडिट गरेका हुन् । गीत लाबोनी प्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here