स्थानीय आफै भत्काउन थाले सडक मिचेर बनाइएका संरचना

0
88

अदालतको आदेशपछि बुटवलको चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक बिस्तारको अवरोध हटेको छ।
बुटवल : बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक किनारामा रहेका संरचनाहरु अन्तत् स्थानीय आफै भत्काउन थालेका छन्।

व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया–बुटवल सडकले सडक किनाराका घर टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिएपछि संरचना भत्काउन थालिएको हो।

व्यापारिक मार्ग विस्तार आयोजनाले सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन घरधनीलाई शुक्रबार २४ घण्टे अल्टिमेटमसहितको सूचना जारी गरेको थियो।

सर्वोच्च अदालतले असार ३ मा आफैले दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै बाटो बिस्तार रोक्नु पर्ने अवस्था नभएको पुस २० गते फैसला सुनाएपछि व्यापारिक मार्ग बिस्तार आयोजनाले बाटो बिस्तारको काम अगाडि बढाएको छ।

राजमार्ग चौराहा देखि चिडियाखोला खण्डको साढे तीन किलोमिटर सडक घरधनीको अबरोधका कारण बिस्तार हुन सकेको थिएन्।

आयोजनाको २४ घण्टे अल्टीमेटमसंगै अधिकाशंले सडक किनाराका घर टहरा तथा अन्य संरचना हटाउन शुरु गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए।

मरासिनीले सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु नहटाए कार्यालय आफैले हटाएर घरधनीसँग असुल उपर गरिने जनाए।

आयोजनाले सुचना जारीगर्दै बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोला चौकीसम्म सडकको मध्यभागबाट दायाँ बाँया २५-२५ मिटर क्षेत्रभित्र बनेका संरचना खालि गराई सडक विस्तारमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

पटक–पटक अदालतको आदेशले रोकिदैँआएको उक्त सडकको बिस्तारकाबिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले सडक आयोजनाको पक्षमा फैसला गरेपछि बिस्तारको काम सुरु भएको हो।

उक्त सडक खण्डमा ३ सय १० घर र ४७ खाली जग्गा गरी तीन सय ५७ जनाले सडक सीमा मिचेकोमा दुई सय जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन्।

बेलहिया बुटवल ६ लेन सडक राष्ट्रिय गौरवको आयोजना हो। नेपाल भारत सीमा नाका भैरहवाको बेलहियादेखि बुटवलको गोलपार्कसम्मको साढे २७ किलोमिटर सडक निर्माणको लागि आयोजनाले काम गर्दै आएको थियो।

बेलहिया बाईपासदेखि बुटवलको चौराह सम्मको अधिंकाश सडक निर्माण सकिएपनि चौराह देखि गोलपार्क सम्मको सडक बिस्तारका लागि घरधनीले किचलो गरेपछि निर्माणको काम रोकिएको थियो।

सुरुमा खण्डखण्ड गरी बेलहियादेखि बुटवलको राजमार्ग चौराहासम्म २४ किलोमिटरको ठेक्का लगाएर काम गरिएको थियो। त्यसपछि राजमार्ग चौराहादेखि गोलपार्कसम्म साढे ३ किलोमिटरको ठेक्का लगाएर काम सुरु गरियो।

स्थानीयको बिबादका कारण सडक बिस्तारको काम लामो समय प्रभावित बन्न पुगेको हो। बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको हालको चार लेनको सडकलाई बिस्तार गरी ८२ फिट कायमगर्दै सडक बिस्तार गर्न लागिएको हो। समाचार ukeraa.com/news/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here