दोस्रो पटक ब्राण्ड एम्बेसडरमा नियुक्त भए निर्देशक घिमिरे

0
60

चलचित्र निर्देशक तुलसी घिमिरेलाई सलाइ डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेको छ ।

सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार काठमाडौंमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभामा निर्देशक घिमिरेलाई पुनस् ब्राण्ड एम्बेसडर चयन गरिएको जानकारी दिएका हुन् ।

सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सुनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिव सबै जिल्लाका सुनचाँदी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।

साधारण सभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाइ होल्डिङ्स ९भारत० संग सहकार्य गरेको बताउँदै निकट भविष्यमै सुरक्षण सुचक यन्त्र, सुन, चाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन, मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिङ बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।

सलाई डेस्टिनीकी मार्केटिङ तथा सेल्स इन्चार्ज पवित्रा खड्का, महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अवस्था र प्रगतिको बारेमा बोलेका थिए । उनीहरुले गत वर्षको तुलनामा कम्पनीले ६ गुणा बढी प्रगति गरेको जानकारी दिए ।
ब्राण्ड एम्बेसडर निर्देशक घिमिरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै यो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनियुक्त अध्यक्ष मणिकरत्न शाक्य, पूर्वअध्यक्ष मणिरत्न शाक्य,बागमति प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र सञ्चालकलाई अझ धेरै प्रगतिको कामना ब्यक्त गरेका थिए ।समाचार https://www.kalakarmi.com/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here