“पानि खाने अम्खोरा” बोलको म्युजिक भिडियो सार्वजनिक

0
233

काठमाडौं । गायक बलराम परियार र लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको\“पानि खाने अम्खोरा”बोलको म्युजिक भिडियो AMS ENTERTAINMENTको अफिसियल यूटूब च्यानलबाट सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत सुजन बाबु गुरुङको रहेको छ भने चन्द सिंहले एरेन्ज गरेका छन् ।

सन्तोष राजबाहकको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सामाजिक सञ्जाल टिकटकमा भाईरल तथा अत्याधिक रुचाईएका पुर्षोत्तम सिग्देल साथमा सत्याकला लामाको अभिनय रहेको छ । सत्यकला लामाले अभिनय गरेका म्युजिक भिडियो बजारमा आईसकेका छन् ।

केहि वर्ष म्युजिक भिडियोमा देखिन छाडेकी सत्यकला लामा भने फेरी भिडियोमा देखिएकी छन् । सत्यकला लामाले अभिनय गरेका म्युजिक भिडियो एक पछी अर्को बजारमा आउने तयारि भैरहेका छन् भने केहि सुटिङको तयारीमा रहेका छन् । आशा छ यो गीतले पनि बिगतका गीतले झैँ चर्चा पाउने छ ।
हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here