‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो।

0
52

काठमाडौं २९ पौष । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातिएको टिप्पणी गरेका छन् ।

ओलीको राष्ट्रवादको वस्त्र गोयलले दिल्ली पु¥याएपछि निर्वस्त्र बनेका ओललीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिए भनेर नेता गुरुङले यस्तो आरोप लगाएका हुन् ।

बालुवाटारमा भारतिय टिभी जी न्यूजलाई दिएको अन्र्तवार्ता सकिएको २४ घण्टा नपुग्दै भारतिय मिडियाले सगरमाथा भारतको हुनुपर्छ भनेपछि नेता गुरुङले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले अन्र्तवार्तामा भनेका थिए , हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं पनि । हामी स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गछौं’ । तर हाम्रो चीनसँगको सम्बन्ध राम्रो रहेको छ । भारतसँग पनि कालापानीलाई लिएर सानो समस्या रहेको छ तर २०२१ लाई हामीले नेपाल भारत बीच रहेको यो समस्यालाई पनि समाधान गर्न लागि परेको बताएका थिए ।

तर, यो भनेको केही समयमा नै अन्तवार्ता दिएको जी न्यूजले नै सगरमाथा माथि भारतले दावी गर्नुपर्छ भने पछि नेता गुरुङले ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातिएको टिप्पणी गरेका हुन् ।

उनले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । नेता गुरुङ ओलीको नियत माथि शंका गरी बाह्रय शक्क्तिको बलमा अगाडी बढेको आरोप समेत लगाएका छन् ।

नेता गुरुङको ट्वीट : गोयलले प्र.म.ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्‍याएपछि निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिए। तर ओलीले कालापत्थर पु-याएको जी न्युज टिमले ‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here