ईश्वर पोखरेललाई नेकपाको दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले मंगलबार कालो झन्डा देखाए

0
52

सर्लाही — उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले मंगलबार कालो झन्डा देखाएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा मंगलबार अपराह्न अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आउने क्रममा मन्त्री पोखरेललाई जिल्लाकै दुई स्थान नवलपुर र मलंगवामा कालो झन्डा देखाइएको हो ।

कालो झन्डा देखाउन राजमार्गस्थित नवलपुरमा जिल्ला अध्यक्ष रेवती पन्तले अगुवाई गरेका थिए ।कालोझन्डा देखाउँदै दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले असंवैधानिक कदमको मतियार बनेको भन्दै पोखरेलविरुद्ध नाराबाजी समेत गरेका थिए । कालो झन्डा देखाउने कार्यकर्ताहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

उपप्रधानमन्त्री पोखरेल अहिले सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा सहभागी छन् । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ । समाचार https://ekantipur.com/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here