ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा गरेका हुन

0
80

काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले ‘राजनीतिक बेइमानी’ गरेको दाहालको भनाइ थियो ।

पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको दाहालको भनाइ थियो ।
‘दुई पार्टीइहरूको राजनीतिक सिद्धान्त सम्बन्धमा माओवादीको एक्काइसौं शताब्दीको जनताको जनवादबारे र जनता बहुदलीय जनवादबारे छलफल भएको थियो । अध्यक्ष नेपालले अहिले नै जबज छोड्दा राम्रो हुँदैन भन्नुभयो,’ दाहालले थपे, ‘पूर्व एमालेको सिद्धान्त र नीतिलाई निषेध गर्न हुँदैन त्यसैगरी पूर्व माओवादीको नीति र सिद्धान्तलाई निशेध गर्न हुँदैन भनेका थियौं ।’

आफू र ओलीबीच साझा कार्यदिशा बनाउनुपर्छ र माओवादी आन्दोलन तथा मदन भण्डारीको भूमिकाको सही मूल्यांकन गरेर अगाडि बढ्ने सहमति भएको पनि दाहालले बताए । उनले थपे, ‘अन्तिममा केपी ओली र म छलफल गर्दा मदन भण्डारीको भूमिका र जबज छोडेर समाजवाद उन्मुख जनताको जनवाद भन्ने सिद्धान्तमा पहिला हस्ताक्षर गरेको केपी ओलीले नै हो । सबैले त्यसलाई समर्थन गरेर अगाडि बढ्दा पार्टी एकता भयो । आज के देखियो भने उहाँले जबज छोडेको र समाजवाद उन्मुख जनताको बहुदलीय जनवादमा हस्ताक्षर गरेको प्रधानमन्त्री पद प्राप्त गर्नका लागि मात्रै रहेछ ।’

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको दाहालको भनाइ थियो । अहिले पनि नेताहरूलाई धम्क्याउने र तर्साउने काम गरिरहेको, संविधान र व्यवस्थाको विरुद्धमा लागिरहेको उनले बताए ।समाचार https://ekantipur.com/news बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here