केपी भन्दा माधव नेपाल हजारौं गुणा इमान्दार, ओली नाङ्गै हुनेछन हेर्नुहोला जनता

0
45

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजारौ गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विरोधी आन्दोलनबाटै चिनेको बताए ।

‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भने । प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’

प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ रु माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने । आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए ।

तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए । माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए ।

‘एकताको प्रस्ताव लिएर म गएको हो, केपी ओली आएको होइन तपाईँहरुलाई प्रष्ट होओस्’, प्रचण्डले भने । तर, ओलीले झुट बोल्ने गरेको पचण्डले बताए । त्यसबारे वामदेव गौतमले भनेपछि झनै प्रष्ट भएको पनि बताए ।

अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छ

पूर्व प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतका न्यायाधीशरुको समेत अभिव्यक्ति सुनेपछि प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क बनेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा अदालतले संसद पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रचण्डले भने– सर्वोच्चले संसद पुनःस्थापना गर्छ भन्नेमा मलाई पूर्ण विश्वास छ । यो कुनै काल्पनिक विश्वास होइन, कुराकानीका आधारमा हो । धेरैसँगको अन्तरक्रिया, संविधानविदहरुको कुरा र न्यायधीशहरुको अभिव्यक्ति सुनेपछि म ढुक्क भएको हुँ, तपाईहरु पनि ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गरेमा वा अन्यथा भएमा सबैभन्दा ठूलो जन अदालत नै भएकाले आफूहरु जनअदालतमा जाने बताए । प्रचण्डले आफूहरु सर्वोच्च अदालतप्रति विश्वस्त रहे पनि जनताको अदालत जागरुक बनाउने बेला आएको बताए ।

उनले भने– सर्वोच्चले संविधानको सही ब्याख्या गर्छ । ढिलाइ भयो वा अन्यथा भयो भने सबैभन्दा ठूलो अदालत भनेको जनताको अदालतनै हो । जनताको अदालतले हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ७–८ वर्षपछि संसद पुनःस्थापना गरेको थियो । हामी फेरि एकपटक जनताको साथमा जानुपर्ने हुनसक्छ ।समाचार https://livegandaki.com/ बाट |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here