शितगंगामा बस दुर्घटना, १० जना घाईते

0
47

अर्घाखाँचिको शितगंगा नगरपालिका १३ सिमलपानिको छेडामा बस दुर्घटना भएको छ । दुर्घटनमा परि १० जना घाईते भएको प्रहरीले जनाएको छ । सिमलपानि बाट कपिलवस्तुको बैरिया तर्फ आउदै गरेको लु १ ख ७८१४ नम्बरको बस दुर्घटना भएको हो । बसमा सिमलपनिका १५ जना सबार रहेको बताईएको छ ।
भिरालो बाटो भएकाले गाडिको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चालक र सहचालक सिमलपानि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी साहयक निरिक्षक टेक बहादुर ठाडा मगरले जानकारि दिए । घाईते सबैलाई उपचारका लागि पठाई सकिएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here