आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् :डा.भट्टराई

0
47

पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले माघेसंक्रान्तिको शुभकामना दिएका छन्। नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले माघेसंक्रान्तिको शुभकामनामा भष्मासुरकै प्रसंग निकालेर केपी ओली प्रवृत्तिको परास्त गर्न शक्ति मिलोस् भन्दै कटाक्ष गरेका छन्। यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै शुभाकामना दिएका छन्।

बिहीबार सामाजिक संजाल ट्वीटमा लेखेका छन्,’ नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस्!

यही पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभिन्न राजनीतिक दलहरु सडक संघर्षमा छन्। प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको भन्दै सत्तापक्ष र अन्य राजनीतिक दल तथा तिनका भातृसंगठनहरु आन्दोलित छन्। समाचार अन्नपुर्ण पोस्ट बाट

संसदविघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here