प्रतिनिधिसभा विघटन प्रकरण : के टुंगो लाग्ला आजको सुनुवाइमा ?

0
92

। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज हुने भएको छ । बुधबार संवैधानिक इजालसमा पठाउने कि वृहत पूर्ण इजासलसमा पठाउने भन्नेमा निणर्य नभएपछि हेर्दाहेर्दै राखिएको संसद विघटन विरुद्ध परेको रिटको सुनुवाई आज हुने भएको हो ।

सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ । हालसम्म बहसमा भाग लिएका वरिष्ठ अधिवक्ताहरुले उक्त मुद्दाको सुनुवाई संवैधानिक अदालतमा नभई पूर्ण विशेष इजलासमा हुनुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अप्ठेरोमा परेका छन् ।

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली र दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन गम्भीर विषय भएकाले उक्त विषयको मुद्दा संवैधानिक इजलाशको नभई पूर्ण इजलाशको क्षेत्राधिकारमा पर्ने बताउँदै आएका छन् ।

सरकारले भने उक्त मुद्धाको छिनोफानो संवैधानिक इजलाशबाटै हुनुपर्ने जिकिर गरेको छ । सरकारका तर्फबाट बुधबार बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेल र सुशीलकुमार पन्तले संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लाग्नुपर्ने जिकिर गरेका थिए ।

प्रधानन्यायाधिशसहित पाँच जना न्यायाधिश संलग्न रहेको संवैधानिक इजालसमा अहिलेसम्म पनि मुख्य विषयमा बहस भने भएको छैन ।

गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विघटन विरुद्ध सर्वोच्चमा १३ रिट दायर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here