तरुण दल अध्यक्षको चेतावनी, कसैले न्यायपालिकालाई धम्की या दबाब नदिनु

0
90

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जङ्ग बस्नेतले नेपाली काँग्रेसले सुरुवाती दिन देखि नै राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान मिच्ने काम भयो भनेर चेतावनी सहित सावधानी गरेको र त्यसबेला आफ्ना कुराहरुलाई बेवास्ता गरेको दुष्परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परेको बताएका छन् । के.पी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस ललितपुर महानगर समितिद्वारा आयोजित विरोध प्रदर्शनका कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष बस्नेतले कम्युनिष्टहरुको भण्डाफोर गरेका हुन् । अध्यक्ष बस्नेतले अहिले कम्युनिष्ट फुटेपछि बुद्धिजीबी भनाउदाहरु र सत्तामा भाग नमिलेका कम्युनिष्टहरु सडकमा आएको जो कि मात्र जनताको आँखामा धुलो छर्ने नाटक मात्र भएको उनले बताए । हिजो निर्मला हत्या काण्ड हुँदा, बालुवाटारको जग्गा बेचिदा, संविधान मिचिदा सडकमा नआउने र एक शब्द बोल्न नसक्ने आज सत्ताबाट टाढा धकेलिदा सडकमा आएर नौटंकी देखाउने भन्दै उनले यस्तो नाटक कम्युनिष्ट बाहेक कसैले गर्न नसक्ने समेत छर्लंग पारेका छन् ।

उनले प्रचण्डलाई प्रश्न गर्दै भने – ‘यो देशमा तिम्ले रगत बगाउने बाहेक के गर्यो ? कहिले हाम्रो घाटी काट्यो, कहिले हाम्रो घर जग्गा लुटेउ त कहिले बैंक लुटेउ अनि आज तिमि संग हामी मिल्नु पर्ने ?’ । यस्तै उनले प्रचण्डले सधै काँग्रेसलाई धोका दिदै आएको कुरा समेत सबैलाई स्मरण गराए । उनले काँग्रेसको नेतृत्वमा जंगल देखि प्रचण्डलाई सत्तामा लिएर आएको र त्यसको बदलामा काँग्रेसले धोका बाहेक केहि नपाएको समेत उनले स्पष्ट पारे । त्यसैले अब कुनै कम्युनिष्ट संग काँग्रेस मिल्न सक्दैन उनले भने । साथै उनले सरकार भएको कम्युनिष्ट र अहिले सडकमा आएका कम्युनिष्ट उस्तै रहेको कुनै फरक नभएको बताएका छन् ।

उनले बाबुराम भट्टराईलाई हिजो चुनाब जित्न काँग्रेसको सहयोगको आवश्यकता पर्यो अनि चुनाब जितेपछि काँग्रेसलाई म्युजियममा राख्छु भने यहि हो कम्युनिष्टको असलियत । उनले माधव नेपाल प्रधानमन्त्री हुँदा बालुवाटार बेचिएको समेत खुलासा गरे । उनले काँग्रेस सधै स्वतन्त्र न्यायपालिका र सुशासनको पक्षमा रहेको बताएका छन् । उनले न्यायपालिकाले अब संसद विघटन सम्बन्धि जे निर्णय गर्छ काँग्रेसले सहर्ष स्वीकार गरेर अगाडी बढ्ने समेत स्पष्ट पारेका छन् । यस्तै उनले न्यायपालिकालाई कसैले पनि धम्की नदिन चेतावनी समेत दिएका छन् । नेपाली काँग्रेस सधैभरी नेपाली जनताको हक र अधिकारको लागि लडेको हो उनले भने ।

आज सम्म देशलाई पटक पटक संविधान दिएर त्यसलाई कार्यान्वयन गरेर देशलाई नया दिशा तर्फ निकास दिएको नेपाली काँग्रेसले हो उनले भने । चुनाबको बेला आफ्नो पार्टी हार्दैछ भन्ने थाहा हुँदा समेत तत्कालिन प्रधानमन्त्री काँग्रेस सभापति शेर बहादुर देउवाले देशले जित्छ भनेर चुनाब गराएर देशलाई फेरी निकास दिएको हो उनले भने । उनले भने अब काँग्रेस अभिभावकको रुपमा जनताको साथ र समर्थन लिएर अगाडी बढ्नेछ र जनताको संविधानलाई कम्युनिष्टहरुबाट बचाएर यसको रक्षा गर्नेछ । इतिहास देखि अहिले सम्म हेर्दा हुन्छ देशको लागि काँग्रेस बाहेक अरु कसले के के गर्यो उनले भने । यसकारण यो देश नेपाली काँग्रेस बाहेक अरु कसैले बनाउन नसक्ने अध्यक्ष बस्नेतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here