नयाँ युगको लागि संसद विघटन गरेको हो ,संसदको घाँटी निमोठेको होइन: मुख्यमन्त्री शङकर पोखरेल

0
46

काठमाडौं ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङकर पोखरेलले नयाँ संसदको विघटनले संसदको हत्या गरेको नभएको बताएका छन् ।

आज आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । नेकपाका प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन भनेको संसदको हत्या गरेको बताउँदै आएका छन् । जुन हत्या गरेको नभै नयाँ युगको यात्राका लागि प्रतिनिधि सभा विघटन भएको मन्त्री पोखरेलले दावी गरेका छन् ।

मन्त्री पोखरेलले नँया जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नया संसदको खोजी भएको बताएका छन् । नयाँ जनादेश मार्फत जनतासँग समर्पित हुन संसद विघटन गरेको बताएका छन् ।

गत पोष ५ गतै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरी चुनावको मिति समेत घोषणा गरेकी सथएन् । त्यसपश्चात फुटको संघारमा पुगेको नेकपा पार्टीको प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्ध नियमित आन्दोलन गरिरहेका छन् ।

मन्त्री पोखरेले लेखेका छन् , प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेकोरसंसदको हत्या गरेको नभै नया जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नया संसदको खोजी भएको हो, नया युगतर्फको यात्राका लागि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here